१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’



रूबी कुमारी ठाकुर
अ+ अ-

प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ ।

उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताउनु भयो । उहाँले देशको लागि आफूले सकेको सबै गर्ने बताउनु भयो ।

उहाँले भुँईको मान्छेलाई पार्टीले यति छिट्टै ठूलो तहमा पुर्याएको पनि उल्लेख गर्नुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उहाँको भनाई छ । उहाँले मधेशको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गरेको हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला । म अध्यक्षज्युलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथीसम्म पु¥याउनु भयो । मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागी । मलाई खुशी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु ।’ 

ठाकुरले रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।