१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुलूकी फौजदारी र देवानी संहितामा संशोधन गर्न सरकारलाई सुझाव

मुलूकी फौजदारी र देवानी संहितामा संशोधन गर्न सरकारलाई सुझाव
अ अ+ अ-

काठमाडौं । कानून, न्याय तथा मानवअधिकार समितिले मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।
मुलुकी संहिता र फौजदारी संहितामा गरिएको कतिपय व्यवस्था कार्यान्वयन गर्न कठिन भएको भन्दै समितिले तत्काल संशोधन प्रक्रिया अघि बढाउन भनेको हो । मुलूकी फौजदारी संहिता २०७४ को दफा १ सय ८५ को आत्महत्याका लागि दुरुत्साहन गर्ने लाई सजायको व्यवस्था गर्ने प्रावधानले निरअपराधीहरु पनि कानूनी कारवाहीमा परेको भन्दै थप परिभाषित गर्नुपर्ने भन्दै न्याय क्षेत्रबाटै संसोधन गर्नुपर्ने आवाज उठेको छ । चिकित्सकका सम्बन्धमा रहेको व्यवस्था संसोधन भएपनि सजायको व्यवस्थालाई संशोधन गरिएको छैन ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको कानून, न्याय तथा मानवअधिकार समितिको सोमबार बसेको बैठकमा सभापति कृष्णभक्त पोख्रेलले मुलुकी संहिता र फौजदारी संहितामा भएका केही व्यवस्था कार्यान्वयनका लागि समस्या भएको भन्दै न्याय क्षेत्रबाटै पनि गुनासो आएको उल्लेख गर्दै तत्काल संसोधन प्रक्रिया अघि बढाउन कानून मन्त्रालयलाई आग्रह गर्नुभएको हो । बैठकमा उपस्थित उपप्रधानमन्त्री एंव कानून , न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादवलाई नै सम्बोधन गर्दे सभापति पोख्रेलले नया प्रबन्ध गरिएको कानूनी व्यवस्थाको प्रयोगको सन्र्दभमा जनताले आवाज उठाएकाले मन्त्रालय अन्र्तगतको कार्यदललाई सक्रिय बनाई कानून संशोधन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

समितिले देवानी संहितामा विवाहका लागि २० बर्ष हुनुपर्ने र १८ बर्ष माथिलाई यौन सम्पर्क राख्ने विषयलाई बैधता दिदा व्यवहारिक कठिनाई भएको , फोटो खिच्दा अनुमति लिनुपर्ने प्रावधानले प्रेस संकुचनमा पेरेको, छाउपडीमा ३ महिना मात्रै सजाय दिने व्यवस्थाका सम्बन्धमा पनि उजुरी दिने तथा मुद्धा चलाउने निकायका बारेमा स्पष्ट नभएको र सजाय पनि कम भएको भन्दै आवश्यक सुधार गर्न भनेको छ । त्यसैगरी विधवा महिलाले विवाह गर्दा अघिल्लो श्रीमान्को सम्पत्ति सन्तानलाई फिर्ता गर्नुपर्ने व्यवस्था पनि अव्यवहारिक भएको भन्दै समितिले संशोधनको आवश्यकता औल्याएको छ ।