१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

ट्रक व्यवसायी महासंघको पहलमा अन्तर प्रदेश यातायातको भाडा वृद्धि, यस्तो छ समायोजन भाडा

ट्रक व्यवसायी महासंघको पहलमा अन्तर प्रदेश यातायातको भाडा वृद्धि, यस्तो छ समायोजन भाडा
अ अ+ अ-

काठमाडौं । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको छ । यातायात व्यवस्था विभागले  सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी यात्रुवाहक तथा मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।

विभागका अनुसार १३ वटा सूचकलाई आधार मानेर २०७२ सालदेखि वैज्ञानिक भाडादर प्रणाली लागू हुँदै आएको छ । यस प्रणालीअनुसार प्रमुख सूचकका रूपमा रहेको इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे–घटेमा भाडा स्वचालित रूपमा समायोजन हुने व्यवस्था छ ।

पछिल्लो पटक २०८१ पुस २२ गते डिजेलको औसत मूल्य प्रतिलिटर १५० रुपैयाँ ८३ पैसा हुँदा भाडा समायोजन गरिएको थियो । त्यसयता इन्धनसहित विभिन्न सूचकहरूको मूल्यमा आएको वृद्धि तथा परिवर्तनलाई आधार मानेर पुनः भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

नयाँ समायोजनअनुसार अन्तर प्रदेश (राष्ट्रियस्तरका रुट) मा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।

यसपटक भने नेपाल ट्रक यातायात व्यवसायी महासंघसहित विभिन्न यातायात व्यवसायी महासंघहरूको पहलमा भाडा समायोजन गरिएको जनाइएको छ । ढुवानी तथा सार्वजनिक सवारी सञ्चालन नै कठिन हुने अवस्था आएको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै निरन्तर दबाब दिएपछि भाडा पुनरावलोकन गरिएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले इन्धनको मूल्य वृद्धि, सवारी साधनका पार्टपुर्जा, मजदुर खर्चलगायतका कारण व्यवसाय सञ्चालन असहज बन्दै गएको बताए । “लागत अत्यधिक बढेको अवस्थामा पुरानै भाडादरमा ढुवानी र सार्वजनिक सवारी सञ्चालन गर्न सम्भव थिएन । सबै महासंघहरूको पहल र सरकारलाई गरिएको दबाबपछि यो निर्णय आएको हो,” उनले भने ।

विभागले समायोजन गरिएको नयाँ भाडादर सूचीसमेत सार्वजनिक गरिसकेको छ र सम्बन्धित सबै पक्षलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।