२२ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा सुधारमा सरकार सक्रिय, गुणस्तरीय सेवामा जोड



अ+ अ-

काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बीमा कार्यक्रमार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । “सेवाग्राही र सेवा प्रदायकका तर्फबाट बीमा कार्यक्रममा सम्बन्धमा गुनासो आइरहेका छन्, यसलाई समाधान गरेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र समयमै दाबी फरफारक गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो । एक दशकमा देशको करिब एकतिहाई जनसङ्ख्यामा बीमा कार्यक्रम पुगेको छ ।

बीमा प्रिमियम तिर्ने करिब ९३ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ । प्रतिपरिवार पाँच जना सदस्यका लागि प्रतिवर्ष रु तीन हजार ५०० योगदान रकममा आधारमा रु एक लाखसम्मको उपचार सुविधा उपलब्ध छ ।