१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अमेरिका–इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

अमेरिका–इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा
अ अ+ अ-

काठमाडाैँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ ।

उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्समार्फत आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ता रूपमा देखा परेको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले ’इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गर्नुभएको छ ।

तेहरान र वासिङ्टन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टा अघिमात्र दुई हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन् । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । फेब्रुअरी –२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रया स्वरुप खाडी राष्ट्रहरू र इजरायलमाथि जवाबी आक्रमणहरू भएको थियो ।

इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो । सरिफले लेबनानसहितका क्षैत्रमा युद्धविराम लागु भएको बताउनुभएको छ । यद्यपि इजरायलले त्यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्धविराम लागू नभएको जिकिर गरेको छ ।

इरानका सबै पावर प्लान्ट र पुलहरू नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ । टर्की र इजिप्टले पनि हालैका दिनहरूमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।