२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको मिथिला नगरपालिकामा साक्षरता तथ्याङ्क सङ्कलन



अ+ अ-

काठमाडाैँ  धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ । उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको सो पालिकाले जनाएको छ ।

साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये छवटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको सो पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिए। सो कार्यका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरीएको काफ्लेले बताए।

साथै पालिकाअन्तर्गतका विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको उहाँले भन्नुभयो । शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छवटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न–लेखन सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने काफ्लेको भनाइ छ ।