२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ: प्रधानसेनापति सिग्देल



अ+ अ-

काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ भन्नुभयो । उहाँले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाले निर्वाह गरेको भूमिकाले नेपाली सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको बताउँनुभयो । उहाँलेसमग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किङ क्षेत्रमा थपिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको बताउनुभयो ।