२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री सोविता गौतम र स्विस राजदूत म्युलीबीच द्विपक्षीय सहकार्य र न्याय पहुँचबारे छलफल



अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, द्विपक्षीय सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा नागरिकको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान–प्रदान भएको थियो ।

दुवै पक्षले आपसी सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने विषयमा समेत सकारात्मक धारणा व्यक्त गरेका छन् ।