१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग आज भब्यताका साथ समापन हुँदै, १४औं साग आयोजनाको झण्डा कस्लाई ?



अ+ अ-

काठमाडौं । १३ औं संस्करणकोंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज समापन कार्य रहेको छ । नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो । दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा प्रतियोगितामा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट नै भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो ।नेपालको यो वर्षको आयोजना तेस्रो पटक हो । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो । तर अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन ।

केही पदकको टुङ्गो आज अन्तिम दिन लाग्दैछ । अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा अगाडी छ भने आयोजक नेपाल ४९ पदक सहित दोस्रो स्थानमा कायम रहेको छ । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक मात्र जितेको थियो । प्रतियोगिताको आयोजनका लागि राज्यको झण्डै साढे ५ अर्व रुपैयाँ खर्च हुने बताईएको छ ।

भब्य समापनको तयारी:आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई भब्य बनाउने तयारी गरिरहेका छन् । समापन समारोह अगाडी पुरुष फुटबल टिमको फाईनल खेल रहेको छ । त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् ।

साग विजेता खेलाडीलाई मुख्य अतिथीबाट विशेष प्याकेज घोषणा गर्ने तयारी छ । लगत्तै १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।