९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा पराजयको कारण र आगामी कार्यदिशाबारे नेकपामा घनिभुत छलफल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाबारे घनिभुत छलफल भएको छ ।

बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका छन् ।

आजको बैठकमा करिव पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

नेता खतिवडाकाअनुसार बैठकमा मुख्य गरी पार्टीले यस पटकको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुका कारणहरू, नेपालको भू–राजनीतिक संवेदनशीलता र यसको जटिलताका विषयमा छलफल केन्द्रित भएको छ ।

पार्टी संगठनको व्यवस्थापन र एकता प्रक्रियालाई अगाडि बढाउन सदस्यहरूबाट सुझाव संकलन गर्ने कार्य भइरहेको छ । बैठक बुधवार बिहान ११ बजे पुनः बस्ने तय भएको छ ।

भोलिको बैठकमा पनि बाँकी सदस्यहरूले धारणा राख्ने र सुझाव संकलनको कार्यलाई निरन्तरता दिइने बताइएको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै