१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
अ अ+ अ-

काठमाडौं । आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भए पछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् ।

गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफु निकै “स्तब्ध“ भएको बताएका छन् ।

घटना पछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उनले पुष्टि गरे । घटनाको सम्बन्धित अधिकारीहरूद्वारा अनुसन्धान भइरहेको उल्लेख गर्दै उनले जोखिमको बाबजुद गाजाका मानिसहरुको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय अधिकारीहरुको प्रसंसासोत गरेका छन् ।

अल जजिराले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२३ अक्टोबर देखि गाजामा एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ । गाजा मेडिकल निकासीले गम्भीर बिरामी वा घाइते बिरामीहरूलाई गाजा पट्टीबाट जीवन बचाउने, विशेष उपचारका लागि स्थानान्तरण गर्ने समन्वित प्रक्रियालाई जनाउँछ ।

यस अघि, अल जजिराले मध्य गाजामा विस्थापित प्यालेस्टिनीहरूको विद्यालय तथा आवास नजिकै भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको रिपोर्ट गरेको थियो ।