२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शाही र प्राधिकरणका निर्देशक घिसिङबीच भेटवार्ता



अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच आज भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भए पनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको बताउनुभयो । उहाँले अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठूलो समस्या भोगिरहेको बताउनुभयो । शाहीले १३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले जनसङ्ख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताउनुभयो ।

निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारण लाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताउनुभयो । यस्तै उहाँले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिनुभयो ।