७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भिमादमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित जनज्योति उच्च मावि विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शनिबार तनहुँ सेवा हस्पिटल दुलेगौंडा र रिजनल हस्पिटल पोखराको प्राविधिक तथा रोट्र्याक्ट क्लब भिमादको व्यवस्थापन एवं बाराही स्वास्थ्य क्लिनिकको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो । 

शिविरबाट ५४६ जनाले स्वास्थ्य लाभ लिएको रोट्र्याक्ट क्लब भिमादका उपाध्यक्ष प्रकाश लम्सालले जानकारी दिए । 

शिविरमा भिडियो एक्स-रे, इसीजी, ल्याब परिक्षण, डिजिटल एक्स-रे को निःशुल्क सेवा उपलब्ध गराइएको थियो भने विरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको लम्सालले बताए । 

रोट्र्याक्ट क्लब भिमादले यसअघि पनि विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । यसै महिनामा शिवरात्रिको दिन भिमादमै अवस्थित शिव पाञ्चायन मन्दिरमा रोट्र्याक्ट क्लब भिमादले स्वयंसेवकको भूमिकासमेत निर्वाह गरेको थियो ।