१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु

रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ । सम्मेलनको विश्वविद्यालयका उपकुलपति डा शारदा थपलियाले उद्घाटन गरेका हुन्।

उपकुलपति डा थपलियाले मौरीपालक किसानका लागि सम्मेलन फलदायी हुने बताए । विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उनले बताए ।

त्यसैको निरन्तरतास्वरुप यस वर्ष मौरी सम्मेलन गरिएको भन्दै उहाँले मौरीपालनमा देखिने समस्या समाधान गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तरराष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा डा फेनी हटजिना, विश्वविद्यालयका कृषि सङ्कायका डीन डा अर्जुनकुमार श्रेष्ठलगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

आजदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित १९ देशका ७० विज्ञसहित २५० जनाको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सो सम्मेलन सुरु भएको हो ।

सम्मेलनका सदस्य सचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार सम्मेलनमा चार विधामा ४१ कार्यपत्र प्रस्तुत गरिने छन् । उनका अनुसार सम्मेलनमा मौरीपालन, एपि थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग तथा किरा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतका साथै छलफल हुनेछ ।

सम्मेलनमा नेपालसहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका, क्यानडा, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहेको छ ।

सम्मेलनमा अनुसन्धानकर्ता, प्राध्यापक, व्यावसायिक रुपमा लामो समयसम्म अन्तरराष्ट्रियस्तरमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाका विज्ञ, किसानलगायत सहभागी छन् । सम्मेलनका अवसरमा मह प्रदर्शनी तथा मेलाको समेत आयोजना गरिएको छ । यहाँ आठ कक्ष रहेका छन् ।