१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राष्ट्रिय सभामा दुई दिन बिदा र मूल्यवृद्धि निर्णयको विरोध, फिर्ता लिन माग

राष्ट्रिय सभामा दुई दिन बिदा र मूल्यवृद्धि निर्णयको विरोध, फिर्ता लिन माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले घोषणा गरेको दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति कडा आपत्ति जनाएका छन्। सोमवार बसेको बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्मा ले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

सांसद विश्वकर्माले मध्यपूर्वको युद्धलाई कारण देखाएर सरकारी तथा शैक्षिक संस्थामा बिदा दिनु उचित नभएको बताए। उनले यस निर्णयले कर्मचारी र विद्यार्थी दुवैलाई प्रभावित पार्ने उल्लेख गर्दै करिब तीन दिनसम्म निष्क्रिय बनाउने अवस्था सिर्जना हुने जिकिर गरे।

“नेपालजस्तो पहाडी र गरिबीले ग्रसित मुलुकमा अधिकांश विद्यार्थी पैदल हिँडेर विद्यालय जान्छन्,” उनले भने, “सार्वजनिक यातायात सञ्चालनमै रहने तर विद्यालय बन्द गर्ने निर्णय असंगत छ।” उनले यसलाई बेथिति निम्त्याउने कदमको रूपमा टिप्पणी गर्दै निर्णय फिर्ता लिन जोडदार माग गरे।

यसैगरी, अर्की सांसद सावित्री मल्ल ले इन्धन तथा खाना पकाउने ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै तत्काल समायोजन गर्न सरकारलाई दबाब दिइन्। उनले नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय कारण देखाउँदै गरेको मूल्यवृद्धिका कारण यातायात र ढुवानी खर्च बढेको र त्यसले दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापक असर परेको बताइन्।

सांसद मल्लका अनुसार बजारमा महँगीसँगै उपभोग्य वस्तुको अभावसमेत देखिएको छ, जसले सर्वसाधारणलाई थप मारमा पारेको छ। “इन्धन र ग्यासको मूल्यवृद्धि तत्काल नियन्त्रण गरी उपभोग्य वस्तु सहज र सर्वसुलभ बनाउन आवश्यक कदम चाल्नुपर्छ,” उनले भनिन्।

उनले मूल्य नियन्त्रणमार्फत आम उपभोक्तालाई राहत दिन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।