काठमाडौं । नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएपनि खेलको ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलले उत्कृष्ट हेड गोल गर्दै नेपालले फेरि अग्रता लियो । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो ।