२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष फुटबलमा नेपाल बन्यो च्याम्पियन, जित्यो स्वर्ण पदक



अ+ अ-

काठमाडौं । नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएपनि खेलको ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलले उत्कृष्ट हेड गोल गर्दै नेपालले फेरि अग्रता लियो । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो ।