पर्सा । साढे ११ किलो चरेससहित ६० बर्षिय एक वृद्धा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१९ का रामबालक वैठा रहेका छन्।
सोमबार रातिे रामबालकलाई प्रहरीले गण्डक चौकबाट ११ किलो ८ सय ग्राम चरेससहितपक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। वीगन्ज-१४ गण्डकमा सवारीसाधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा जितपुरतर्फबाट साइकल चलाउँदै वीरगन्ज आइरहेका गण्डकलाई चरेससहित समातिएको प्रहरीले जनाएको छ।
उनलाई लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रण ऐनअनुसार आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ।