२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा परिवर्तन आवश्यक: चन्द्रप्रसाद ढकाल



अ+ अ-

मोरङ, २२ चैत: नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराउनुभयो ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेकाले यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीलाई आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, लुम्बिनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढकाललगायतले सरकारले व्यावसायिक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने धारणा राख्नुभयो ।

महासङ्घ कोशीका लागि आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुँदैछ ।रासस