१८ भाद्र २०८३, बिहीबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै



अ+ अ-

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओपप्रसाद कलौनीले जानकारी दिए।

पञ्चकर्मलगायत उपचार प्रणालीमा सुधार, ओपिडी (बहिरङ्ग) सेवा, स्वर्णविन्दु प्राशन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित विशेष सेवा, व्यवस्थापन प्रणाली सुधार, विपन्नमैत्री सेवा नीतिलगायत कारणले बिरामीको सङ्ख्या वृद्धि भएको उनले बताए।

डा. कलौनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुको छ महिना र गत आर्थिक वर्षको सुरुको ६ महिनाको तुलनामा सेवाग्राही ४० प्रतिशतले वृद्धि भएका छन् । गत आर्थिक वर्षको सुरु ६ महिनामा १६ हजार ३८० जनाले सेवा लिएका थिए भने चालु आवको सोही अवधिमा २२ हजार ९१६ जना सेवा लिएका छन्। सेवा लिनेमध्ये पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या धेरै बढेको छ ।

गत आवको छ महिनामा ६२ जना बालबालिकाले सेवा लिएकामा चालु आवको सोही अवधिमा दुई सय छ जनाले सेवा लिएका छन् ।

बालबालिकालाई उपलब्ध गराइने स्वर्णबिन्दु प्राशन रोग उपचार गर्नेभन्दा बालकालिकालाई मेधावि बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्र स्वास्थ्यको स्तरमा अभिवृद्धि गर्नेमा जोड दिने गरेको डा. कलौनीले बताए।

ज्येष्ठ नागरिकको सङ्ख्या पनि गत आवको तुलनामा ३६ दशमलव आठ प्रतिशतले बढेको छ । सेवा विस्तार र सुधारसँगै सेवा शुल्क तथा छुटमा समेत वृद्धि गरिएको चिकित्सालयले जनाएको छ । गत आवमा समग्रमा रु एक लाख ३० हजार ७५ छुुट दिएकामा चालु आवमा छुट रकम रु नौ लाख ७४ हजार २८५ पुगेको छ।