९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

फेवातालमा फसेका ११ जनाको सकुशल उद्धार

फेवातालमा फसेका ११ जनाको सकुशल उद्धार
अ अ+ अ-

काठमाडौं। पोखरा महानगरपालिका-६ स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण बीच तालमा फसेका ११ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फसेका थिए ।

दिउँसो करिब सवा ४ बजे उनीहरू तालमा फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोली परिचालन भएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ की २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन् ।

त्यसैगरी, भारतको नयाँ दिल्ली घर भएका २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडबको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।