१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अवैध बालुवा–गिट्टी ओसार्दै गरेका दुई ट्याक्टर स्याङ्जामा नियन्त्रणमा

अवैध बालुवा–गिट्टी ओसार्दै गरेका दुई ट्याक्टर स्याङ्जामा नियन्त्रणमा
अ अ+ अ-

काठमाडाैँ । स्याङ्जामा नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसार–पसारमा संलग्न दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले बिना रसिद बालुवा तथा गिट्टी ओसार–पसार गरिरहेको अवस्थामा ती ट्याक्टरहरू फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लु. ३ त. ८८०१ नम्बरको ट्याक्टर स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलाबाट २०८२ चैत २२ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको हो। उक्त ट्याक्टरबाट बालुवा ओसार–पसार भइरहेको थियो। नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि गल्याङ नगरपालिकामा पठाइएको छ।

त्यसैगरी ग. १ त. ५३७१ नम्बरको अर्को ट्याक्टर गल्याङ नगरपालिका–८ निबुवा, आँधिखोलाबाट २०८२ चैत २१ गते प्रहरी चौकी गल्याङले नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमा बालुवा र गिट्टी मिसिएको सामग्री ओसार–पसार भइरहेको थियो। यसलाई कारवाहीका लागि पुतलीबजार नगरपालिकामा पठाइएको छ।

प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसार–पसार नियन्त्रणका लागि निगरानी कडा पारिएको जनाएको छ।