१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तनहुँमा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने

तनहुँमा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने
अ अ+ अ-

काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा रु एक करोड ४४ लाखको लागतमा विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत सो आयोजनाले उक्त विद्यालय भवन निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । आयोजनाको आफ्नै स्रोत तथा प्राविधिक सहयोगमा विद्यालयका लागि दुईतले, ६ कोठा भएको पक्की भवन र छुट्टै शौचालय निर्माण गरिनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले स्वीकृत गरेको मापदण्डअनुसार निर्माण हुने यो भवन भूकम्प प्रतिरोधी तथा अपाङ्गतामैत्री हुनेछ ।

भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार अझ सुरक्षित र सुदृढ हुने अपेक्षा गरिएको छ । जसबाट विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकलगायत सरोकारवाला सबै प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको आयोजना प्रमुख भण्डारीले बताए। यसअघि सोही कार्यक्रमअन्तर्गत व्यास नगरपालिका–५, बेनीपाटन र भिमाद नगरपालिका–५, ऋषिङपाटनमा विद्यालय भवन निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकिएको छ । आयोजनामार्फत हालसम्म ९२ वटा योजना सम्पन्न भएका छन् ।

आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ वटा योजना सम्पन्न भएको जनाइएको छ । यस्तै, आठ वटा योजना सञ्चालनमा रहेको प्रमुख भण्डारीले बताए। ऋषिङ गाउँपालिका–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, म्याग्दे गाउँपालिका–३ स्थित किलचोक शाखा सडकको नाला निर्माण, भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, वानटाङ खोलामा पक्की पुल निर्माण, व्यास नगरपालिका–५ पाटनमा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक र ऋषिङ गाउँपालिका–१ स्थित खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम सञ्चालनमा रहेको छ ।

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको प्रमुख भण्डारीको भनाइ छ । उनले भने, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाका तर्फबाट सहयोग रहँदै आएको छ ।”