२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी महासंग्रामः घिमिरे प्यानलद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । महासंघको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ ।

आईतवार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले तामझामका साथ उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् भने एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला÷नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएको छन् ।

घिमिरे समूहले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह केही दिन अघि सार्वजनिक गरेको थियो ।उम्मेदवारी दर्ता पछि वस्तुगततर्फको उपाध्यक्ष घिमिरेले आफूतिर मतदाताको आकर्षण रहेको र चुनाव जित्ने निश्चित भएको बताए ।

उनले चुनाव जितेपछि महासंघलाई साझा बनाउन सचिवालय सुधार गर्ने समेत बताए ।वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएपछि घिमिरेले भने,”पहिला शुरुआत नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय सुधारदेखि महासंघमा निजी क्षेत्रको गुनासो सुन्ने इकाइ स्थापना गरिनेछ । नेपालमा लगानीको वातावरण नहुनु भनेको नेपालका मौज्जुदा कानुन हुन । ती जटिलताको कारणले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बन्न सकेको छैन् । अञ्जान श्रे्ष्ठको नेतृत्वमा निर्वाचित भएर आएपछि तीव्रताका साथ कामहरु अघि बढाइनेछ ।”

उनले सरकार पनि काम गर्न उत्साहित भएकाले महासंघमा जुझारु नेतृत्व जरुरी रहेको बताए । राजनीतिक रुपमा मुलुकले निकास पाइसकेकाले महासंघले समृद्धीतर्फ अघि बढाउन आगामी नेतृत्वले काम गर्ने बताए।

यता महासंघका हालका अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका वरिष्ठ उपाध्यक्षका प्रत्याशि हेमराज ढकाल समूह पनि मैदानमा छ ।

ढकाल समूहकी एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठसहितको उनको समूहले उम्मेदवारी बिहीवार दर्ता गराएको थियो । ढकाल समर्थित समूहमा सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलियालगायत रहेका छन् ।