६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई सरकारले तत्काल स्वदेश फर्काउने व्यवस्था गरोस्ः सांसद बोहरा



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले सरकारसँग सो माग गरेका हुन् । अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको जीवन जोखिममा परेकाले उनीहरुलाई स्वदेश फर्काउने र उनीहरुको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाइ थियो ।

उनले भने, “अमेरिका, इजरायल, इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरु अुरक्षित बनेका छन् । हिंसाकै कारण एकको मृत्यु केही देशमा घाईते समेत भएको पुष्टि भईसकेका छन् । नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन चाहन्छन् । उनीहरुको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरुलाई सुरक्षित रुपमा फर्किने व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।”

सांसद बोहराले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताए ।