३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी सुलभ अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो ।

यसै बिच हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिका अध्यक्ष रहेका सुलभ अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको छ। उनले चैत १९ गते अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका थिए। गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।