१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ

अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शुक्रबार र शनिबार भक्तपुरको नगरकोटमा सम्पन्न संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पौडेल आर्थिक आवाज अनलाइन मिडियामा आवद्ध छन् । यसअघि उनी जामको उपाध्यक्ष रहेका थिए ।
यसैगरी जामको उपाध्यक्षमा तोयानाथ पौडेल चयन भएका छन् । अटोमोइल म्यागजिन र नेपाल अटो अनलाइनका सञ्चालक पौडेल यसअघिको कार्यसमितिको महासचिव रहेका थिए ।

यसैगरी संघको महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शिलापत्र अनलाइनमा आवद्ध श्रेष्ठ यसअघि कार्यसमितिको सचिव थिए ।

यसैगरी सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन् । आर्याल नेपाली पैसा र गजुरेल मेरो अटो अनलाइन मिडियामा आवद्ध छन् ।

नयाँ कार्यसमिति सदस्यहरुमा सौरभ नेपाल (नेपाल ड्राइभ्स), अमृत चिमरिया (रातोपाटी) र कमला भण्डारी (क्यापिटल नेपाल) सर्वसम्मत चयन भएका छन् ।

संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था बमोजिम निवर्तमान अध्यक्षसहित दुईजना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ । निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

निवर्तमान अध्यक्ष सागर गजुरेलले नवनिर्मित कार्यसमितिलाई बधाईसहित नेतृत्व हस्तान्तरण गर्दै संघको प्रगति र आवद्ध सदस्यहरुको हक हित र क्षमता विकास गर्ने कार्यमा नयाँ नेतृत्वले अझ सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

साथै आफू पनि संघको टिममै रहेकाले सबै खाले काम कारबाही र योजनामा सहभागी र सहकार्य निरन्तर गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

जामको संस्थापक एंव पूर्वअध्यक्ष उज्ज्वल जंग शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै अटोमोबाइल क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासमा संघले निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।