९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट भारतमा शुरु



अ+ अ-

काठमाडौं । नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ ।

बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि ट्राभल्स मार्ट महत्वपूर्ण रहने बताउनुभयो । विश्वमा बुद्ध दर्शनको प्रभाव रहेकाले बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगयासहित नेपाल र भारतका अन्य बौद्ध पर्यटकीय क्षेत्रहरुलाई जोडेर प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले यी क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्न सडक पूर्वाधार तथा पर्यटकमैत्री भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अशोका मिसनका अध्यक्ष भिक्षु लोप्जाङले बुद्ध शिक्षा र दर्शनको अझै प्रचार जरुरी रहेको बताउनुभयो । इण्डोनेशियाका दुतबिरा बौद्ध क्याम्पसका भाइस रेक्टर इफन्दी हन्सेनले विश्वमा बुद्ध दर्शनको प्रभाव बढिरहेकाले उनीहरुलाई बुद्ध जीवनीसँग जोडिएका क्षेत्रमा आकर्षित गर्नुपर्ने बताउनुभयो ।

सिद्धार्थ होटल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई बोधगयामा पठाउने र बोधगयामा आउने पर्यटकलाई लुम्बिनी पठाउन बुद्ध सर्किटका क्षेत्रलाई जोडेर नेपाल र भारतका पर्यटन व्यवसायीले पर्यटकीय प्याकेज तयार बनाउनुपर्ने बताउनुभयो ।

बुद्धिष्ट ट्राभल्स मार्टमा सिद्धार्थ होटल सङ्घ नेपाल, भारत, चीन, थाइल्याण्ड, श्रीलङ्का, भुटान, मलेशिया, कम्बोडिया, म्यानमालगायत १७ मुलुकका पर्यटन व्यवसायी एवं सरोकारवालाहरुको सहभागिता छ ।

बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम, देवदहलगायत नेपालका अन्य बुद्धिष्ट क्षेत्रहरु र भारतका बोधगयासहित विभिन्न बुद्धिष्ट क्षेत्रहरुको प्रवद्र्धन, विकास प्रचारप्रसार गर्ने उद्देश्यले यसवर्ष पनि आइबिटिएम९इन्टरनेशनल बुद्धिष्ट ट्राभल मार्ट० लाई निरन्तरता दिइएको आयोजक संस्था एबिटिओका महासचिव कौलेश कुमारले जानकारी दिनुभयो ।

सम्मेलनले दुवै देशका पर्यटन व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै समन्वय र सहकार्य बढाउन मद्दत पुग्ने सिद्धार्थ होटल सङ्घ नेपालका महासचिव रविन्द्र शर्मा घिमिरेले बताउनुभयो ।

बुद्धिस्ट मार्टमा नेपाल र भारतमा रहेका बुद्धिष्ट क्षेत्रहरु जोड्न र एक ठाउँ आएका पर्यटक अर्को ठाउँमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समान धारणा बनाइने छ । सम्मेलनमा नेपालसहित भारतका विभिन्न ट्राभल्स एवं होटलहरुका २० वटा परिचयात्मक स्टलहरु राखिएका छन् ।

कार्यक्रममा सहभागी लुम्बिनी क्षेत्रका व्यव्सायीहरुले लुम्बिनी, भैरहवा र तिलोत्तमा क्षेत्रका होटलहरुमा रहेका सुविधाहरु, त्यहाँका व्यवसायीले प्रदान गर्ने आतिथ्यता, लुम्बिनीको टुर प्याकेज, यातायात साधन तथा सेवालगायतका विषयमा बिजनेश टु बिजनेश ९बि–टु–बि० र बिटुसीसमेत गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालबाट होटल सङ्घका अध्यक्ष श्रेष्ठको नेतृत्वमा आएको टोलीमा लुम्बिनी, भैरहवा र तिलोत्तमा क्षेत्रका होटल व्यवसायी, सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन ९सोट्टो० नेपाल प्रदेश नं ५ मा आबद्ध पर्यटन व्यवसायी र पत्रकार गरी ३३ जनाको सहभागिता छ ।