९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’
अ अ+ अ-

भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका-४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।

स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो आकृति स्पष्ट देख्न सकिने स्थानीयको दाबी छ । जसले यस स्थललाई थप रहस्यमय र आकर्षक बनाएको छ ।

स्थानीय खड्काका अनुसार ‘शिला सुत्केरी’ धार्मिक आस्था र विश्वाससँग जोडिएको एक अद्भुतस्थल हो । “यो ठाउँ साँच्चिकै आश्चर्यजनक छ । यहाँको शिलामा सुत्केरी हुँदाको आकृति स्पष्ट देख्न सकिन्छ । विवाहपछि लामो समय सन्तान नहुने दम्पतीले यहाँ पूजा तथा दर्शन गरे सन्तान प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार केही दशकअघिसम्म यहाँ नियमित रूपमा मेला तथा धार्मिक महोत्सव लाग्ने गर्दथ्यो । विशेषगरी बालाचतुर्दशीका अवसरमा स्थानीय तथा छिमेकी जिल्लाबाट समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । तर पछिल्लो समय ती गतिविधि क्रमशः घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ, जसका कारण यस क्षेत्रको चहलपहल पनि घट्दै गएको छ ।

‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा उजागर गर्न सके यसलाई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ख्डकाको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमिले धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना बोकेको छ ।

यस क्षेत्रको संरक्षणका लागि स्थानीय तहले केही पहल भने गरेको छ । हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार वडाले सीमित स्रोतसाधनका बाबजुद घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भएका छन् । “यो हाम्रो क्षेत्रको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदा हो”, उहाँले भन्नुभयो, “वडाले सकेसम्म संरक्षणका काम अघि बढाएको छ, तर दीर्घकालीन विकासका लागि थप स्रोत, योजना र समन्वय आवश्यक छ ।”

शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको समग्र विकास र संरक्षणमा जटिलता देखिएको छ । जग्गा व्यवस्थापनको समस्या समाधान हुन नसक्दा ठूला योजना कार्यान्वयन हुन नसकेको स्थानीय तहको भनाइ छ ।

वडाध्यक्ष विष्टका अनुसार गत आर्थिक वर्षमा केन्द्र सरकारबाट प्राप्त करिब रु एक करोड बजेट सोही कारण कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो । “बजेट आए पनि जग्गासम्बन्धी समस्या समाधान नहुँदा काम अघि बढाउन सकिएन”, उहाँले भन्नुभयो, “यदि यो समस्या समाधान गर्न सकियो भने यहाँ पूर्वाधार विकास, मन्दिर निर्माण, पदमार्ग, विश्रामस्थललगायतका काम अघि बढाउन सकिन्छ ।”

स्थानीय सरोकार भएकाहरूका अनुसार ‘शिला सुत्केरी’लाई संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिनेछ । यसका लागि सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँहरूको भनाइ छ ।

स्थानीय मानबहादुर राईले यस स्थलको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । “यसको ऐतिहासिक र धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकियो भने भोजपुरको पर्यटन विकासमा ठूलो योगदान पुग्नेछ”, उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले ‘शिला सुत्केरी’ हतुवागढी क्षेत्रकै महत्त्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गर्दै यसको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । जग्गा निजी स्वामित्वमा रहेकाले पटकपटक माथिल्लो निकायबाट प्राप्त भएको बजेट कार्यान्वयन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

“जग्गा निजी स्वामित्वमा रहेकाले विकासमा समस्या देखिएको छ”, अध्यक्ष राईले भन्नुभयो, “यसलाई सरकारी स्वामित्वमा ल्याउन जग्गाधनीसँग विभिन्न माध्यमबाट पटकपटक छलफल गरिए पनि सहमति हुनसकेको छैन । सोही कारण संरक्षणका ठूला काम ठेक्कामार्फत अघि बढाउन सकिएको छैन । यो वर्ष पनि प्रदेश सरकारबाट प्राप्त करिब रु एक करोड बजेट कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको छ ।”

‘शिला सुत्केरी’जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा ध्यान दिन सके यो स्थान राष्ट्रियस्तरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन स्थानीय जानकारहरूको भनाइ छ ।  रासस