९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

युक्रेनमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु, १९ घाइते

युक्रेनमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु, १९ घाइते
अ अ+ अ-

युक्रेन। युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ। यस्तै, हमलामा १९ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताए। उहाँले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था ‘गम्भीर’ रहेको बताए। उत्तरपूर्वी सहर खार्किवमा शनिबार भएको घटनाको क्षेत्रीय प्रहरीले समेत पुष्टि गरेको छ।

युक्रेनी वायु सेनाले रूसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ। उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

युक्रेनी आपतकालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो। रूस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिबार अन्कारा पुगेको जनाइएको छ। यसअघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो ।

गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशहरूको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।  (रासस/एएफपी)