१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा आगलागी, काठ पूर्णरुपमा जलेर नष्ट



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ ।

गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्युत् सर्ट भएर भएको आगलागीबाट झण्डै रु २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ः३० बजे आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।