३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण



अ+ अ-

काठमाडौँ: नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो ।

 लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक ऐतिहासिक महेशराज पन्तजेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।

 पुस्तक ‘सन्धिकाल’ लोकार्पण गर्दै लेखक पराजुलीले वि.सं. २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट भएको बताए । ‘२००७ पछि रैतीहरूलाई सार्वभौम नागरिकका रुपमा स्वीकार गरियो । बोल्नपढ्नलेख्नछाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरण बन्यो,’ लेखक पराजुलीले भने, ‘सात सालले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ–संगठनमिडियास्कूलकलेजपुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै ल्यायो ।’

राणा शासन विरोधी आन्दोलनको व्याख्या गर्ने क्रममा सामाजिकसाहित्यिकरेडियोशिक्षासिनेमाहरुको योगदानबारे चर्चा नगरिएको लेखक लोकरञ्जन पराजुलीले बताए । ‘रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैनउसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन,’ लेखक पराजुलीले भने, ‘परिवर्तनमा कविकलाकारसिनेमा हलरेडियोपत्रपत्रिका आदि धेरैको भूमिका हुन्छ । मैले त्यही आधारभूमि सन्धिकालमा खोतलेको छु ।’

२००७ फागुन ७ गते प्रजातन्त्र आए पनि त्यसको आधार अलि पहिलेदेखि नै तयार हुँदै गएको लेखक पराजुलीको भनाइ छ । उनको अध्ययनमा चार सालदेखि सात सालबीचको समय सन्धिकाल हो । सन्धि अर्थात् कुनै युगको समाप्ति भई अर्को युग प्रारम्भ हुँदै गरेको समय । 

 नेपालले ७५ वर्ष पहिले हिँडेको प्रजातान्त्रिक बाटोको कथा ‘सन्धिकाल’ पुस्तकमा समेटिएको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘म पुस्तक वार्ताहरू नियमित पढ्थेँ । त्यहाँ एउटा स्थायी प्रश्न हुन्थ्यो— नेपालमा कस्ता पुस्तक लेखिनुपर्छ अनि जवाफ पनि स्थायी नै हुन्थ्यो— नेपालको इतिहासराजनीतिसमाजशिक्षासंस्कृतिभूगोल आदिबारे गहिरो अनुसन्धान गरी लेखिएका पुस्तक लेखिनुपर्छ,’ सम्पादक आचार्यले भने, ‘त्यही धेरैले दिने स्थायी जवाफको बलियो जवाफ होपुस्तक— सन्धिकाल ।’

सात सालको युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम ‘सन्धिकाल’मा खोतलिएको उनले बताए ।

पब्लिकेसन नेपालयले ‘सन्धिकाल’को लोकार्पण कार्यक्रम अग्रिम दर्ताबाट गरेको थियो । ‘महाकवि देवकोटाहरुले राणाकालमै टिकटमा कवि सम्मलेन गर्नुभएको आज लोकार्पित पुस्तक सन्धिकालमा उल्लेख छ ।

हामीले पनि लोकार्पण कार्यक्रमलाई टिकटमा गर्ने प्रयास गर्यौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आरशाला हल सीमित सिटको भएको हुँदा हामीले टिकटमा गर्यौँ । यसमा उत्साहजनक सहभागिताले हामीलाई हौसला मिलेको छ ।’

सन्धिकाल’का लेखक लोकरञ्जन पराजुली सामाजिक अध्ययन–अनुसन्धान गर्ने संस्था मार्टिन चौतारीमा आबद्ध ऐतिहासिक समाजशास्त्री हुन् । उनले जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका छन् । पराजुलीको लेखन–सहलेखनसम्पादन–सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

उनले सहसम्पादन गरेको पछिल्लो पुस्तक ‘नेपाल इन द लङ नाइन्टिन फिफ्टिज’लाई भारतीय इतिहासकार लेखक रामचन्द्र गुहाले समीक्षा गरेका छन् । नेपालका दुई प्रतिष्ठित जर्नल ‘स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ (सिन्हास) र ‘समाज अध्ययन’का उनी सम्पादक हुन् । नेपाली समाजशिक्षाइतिहास र राजनीतिबारे पराजुली गहिरो ज्ञान राख्छन् ।