९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रा पाल्नेलाई सरकारले ५० लाखसम्म अनुदान दिने



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
“उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुआत गर्न लागिएको हो ।” प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भन्नुभयो ।

उहाँका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा सो कार्यक्रम सञ्चालनमा आउनेछ । मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ति नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट-रोराङ्ग गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुने छ ।

मन्त्री लामाले बाख्रापालन फार्मलाई रु ५० लाखसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको वताउनुभयो । “यो कार्यक्रममा मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो”, उहाँले भन्नुभयो ।