१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएकै समयमा आकाशे पुल सम्पन्न नहुने



अ+ अ-

काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो ।

सांकेतिक तस्बिर

डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आकाशे पुल निर्माणका कतिपय काम बाँकी रहेकाले एक महिनामै सम्पन्न हुने नदेखिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशे पुल निर्माणको काम भइरहेको देखिए पनि समयमै सकिने अवस्था देखिएको छैन ।”

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचनाका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले निर्माणका क्रममा कुनै अवरोध नभएको इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो । यस स्थानमा महानगरपालिकाको आकाशे पुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ ।