९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

नेपालको राष्ट्रिय स्वाधीनता संकटमा, देशभक्तहरूको मोर्चाबन्दी आवश्यकः लिलामणि पोखरेल

नेपालको राष्ट्रिय स्वाधीनता संकटमा, देशभक्तहरूको मोर्चाबन्दी आवश्यकः लिलामणि पोखरेल
अ अ+ अ-

काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताउनुभएको छ ।

उहाँले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य भएकोमा जोड दिनुभएको हो ।

नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेन–जी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गर्नुभयो । सन् २०११ मा अमेरिकी दुतावासले गठन गरेको ‘युथ काउन्सिल’ मार्फत नेपाली युवाहरूलाई लक्षित गरी प्रभाव विस्तार गरिएको उहाँको आरोप छ ।

उहाँले अमेरिकी दुतावासले बनाएको युथ काउन्सिल तत्काल खारेज गर्न माग गर्नुभयो । उहाँले युवाहरूलाई विचार र राजनीतिबाट टाढा राखेर ‘हिप्नोटाइज’ गरिएको तर्क समेत गर्नुभयो ।

पोखरेलले एमसीसी, आईपीएस र एसपीपीलाई अमेरिकी रणनीतिको हिस्सा भएको बताउनु भयो । उहाँकाअनुसार अमेरिकाको उद्देश्य नेपालमा सैनिक ब्यारेक खडा गर्ने (एन्टी–चाइना इनसर्कलमेन्ट), दक्षिण एशिकयामा मोनिटरिङ सेन्टर बनाउने र नेपालमा रहेका बहुमूल्य ‘रेयर अर्थ मेटेरियल’ (दुर्लभ खनिज) माथि आँखा गाड्नु रहेको छ ।

उहाँले भन्नुभयो, ‘हामी एक्लाएक्लै रह्यौं भने देश हामीले सोचेजस्तो स्वतन्त्र र सार्वभौम रहने छैन । मुलुकको स्थायित्वका लागि कांग्रेस, कम्युनिष्ट वा अरु कुनै पनि देशभक्त शक्ति एक ठाउँमा उभिनैपर्छ ।

नेपाली भूमिमा युवाहरूलाई लक्षित गरेर दूतावासले संगठन बनाउन पाइन्छ कि पाइन्न ? के हामीले अमेरिकामा गएर त्यसरी संगठन बनाउन पाउँछौं ? चीन र भारत हाम्रा छिमेकी हुन्, उनीहरूले सुरक्षाको कुरा उठाउनु स्वाभाविक होला, तर ८ हजार माइल टाढा रहेको अमेरिकाले नेपालसँग कुन सुरक्षा स्वार्थमा सम्झौता र शुभकामना दिनुपर्ने हो ?’

नेता पोखरेलले वर्तमान सरकार र अर्थमन्त्रीको कार्यशैलीमाथि पनि कडा आलोचना गर्नुभयो । अर्थमन्त्रीले संविधान विपरीत ‘नव–उदारवादी’ अर्थतन्त्रको कुरा गरेको भन्दै उहाँले नेपालको संविधानले मिश्रित अर्थतन्त्र (निजी, सहकारी र सार्वजनिक) लाई मात्र स्वीकार गर्ने स्पष्ट पार्नुभयो ।

निर्वाचनको परिणाम र परराष्ट्र सम्बन्धको चर्चा गर्दै उहाँले ‘एल्गोरिदम’ र ‘पोलिटिकल मास हिस्टेरिया’ का कारण चुनावी नतिजा प्रभावित भएको बताउनु भयो । उहाँले विचारमा मतभेद भएपनि राष्ट्रियताको सवालमा सबै वामपन्थी र देशभक्तहरू एक हुनुको विकल्प नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल