९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजार अनुगमनको कार्यशैली फेरिनुपर्छ : उद्योगमन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनुभएको छ ।

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समुन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उहाँले बताउनुभयो । कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा पतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताउनुभयो ।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उहाँले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताउनुभयो ।

ठगि गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उहाँले बताउनुभयो । उपभोक्ताको हक संरक्षणका लागि पहिले आफुबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । अन्तरक्रियामा अन्य सहभागिहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राख्नुभएको छ ।