१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
अ अ+ अ-

काठमाडाैँ । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।

सन् २००५ डिसेम्बर ८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल ४ मा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाउने घोषणा गरेको हो । युद्धका विस्फोटक सामग्रीले नागरिकको सुरक्षा, स्वास्थ्य र जीवनमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै राष्ट्रिय तथा स्थानीय स्तरको सामाजिक–आर्थिक विकासमा अवरोध पु¥याउने गरेकाले उक्त विश्वसंस्थाले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेको छ । सन् १९९७ मा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घीय बारूदी सुरुङ निवारण संस्थाले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणबाट उत्पन्न जोखिम न्यूनीकरणका काम गर्दै आएको छ ।

उक्त संस्थाले जोखिम न्यूनीकरणका लागि राष्ट्रसङ्घअन्तर्गतका गतिविधिहरूमा समन्वय, देशस्तरमा सञ्चालन हुने कार्यक्रमहरूको नेतृत्व तथा शान्ति स्थापनामा सहयोग गर्दै आएको छ । राष्ट्रसङ्घका अनुसार बारूदी सुरुङ र विस्फोटक अवशेषमुक्त विश्व बनाउन व्यक्ति र समुदायको सुरक्षित वातावरणमा विकास तथा पीडितहरूका आवश्यकता पूरा हुनुपर्नेमा जोड दिइएको छ । हाल बारूदी सुरुङ निवारण गर्न राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकाय, विशिष्टिकृत निकाय, कोष तथा कार्यक्रमहरू ३० देश सञ्चालित छन् ।

बारूदी सुरुङ निवारणले शान्ति स्थापनामा परिचालन भएका सुरक्षाकर्मीका साथै मानवीय सहायता निकायलाई सेवा प्रवाह गर्न तथा सर्वसाधारणलाई त्रासरहित जीवनयापन गर्न सहयोग पुगेको छ । यद्यपि युद्ध र द्वन्द्व अन्त्य भएपनि कोलम्बिया, इथियोपिया, लेबनान, म्यान्मा, गाजा, सिरियालगायत विभिन्न देशमा बारुदी सुरुङ र विस्फोटक उपकरणको जोखिम कायमै छ ।

यसै अवसरमा जारी गरिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणका कारण द्वन्द्वग्रस्त देशका नागरिकहरू, विशेषगरी बालबालिकामाथि अकल्पीय असर परेको बताउँदै द्वन्द्वको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।