१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पर्यावरणीय सभ्यता बिना दिगो विकास सम्भव छैनः विज्ञहरू

पर्यावरणीय सभ्यता बिना दिगो विकास सम्भव छैनः विज्ञहरू
अ अ+ अ-

काठमाडाैँ । पर्यावरणीय सभ्यता बिना दीगो विकास सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेका पर्यावरणीय सभ्यताको अवधारणासम्बन्धी छलफल कार्यक्रममा विज्ञहरूले प्रकृति केन्द्रित विकास मोडललाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने बताए । निश्चल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको उल्लेख गर्नुहुँदै उहाँले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने बताए । कृषि, औद्योगिक विकास, आवास निर्माण र पर्यटन प्रवद्र्धनजस्ता क्षेत्रहरूमा परम्परागत संस्कृतिसँग आधुनिक प्रविधि जोड्न सके मात्र दीगो विकास सम्भव हुने उनको भनाइ छ ।

डा अधिकारीले नेपालको शास्त्रीय ज्ञान र परम्परागत अभ्यासहरूमा शहर विकासदेखि प्राकृतिक स्रोत व्यवस्थापनसम्मका स्पष्ट मार्गनिर्देशन रहेको उल्लेख गर्दै ती असल पक्षलाई पुनःअवलम्वन गर्नुपर्ने बताए । उनले शास्त्रका ज्ञान, चीन र युरोपबाट सिकाइएका आधुनिक अभ्यासलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

जलवायु तथा वित्त विज्ञ डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिवद्धता अनिवार्य रहेको बताए। उनले माटोको शुद्धतामा अति आवश्यक रहेको उल्लेख गरे । उनले माटोको अशुद्धताले गर्दा युरोपले धेरैजसो देशको धान नदिने गरेको बताए । उनले माटो, हावा, पानीलाई शुद्ध बनाउन पर्यावरणीय सभ्यतासम्बन्धी सि जिनपिङको अवधारणा आवश्यक रहेको बताए । चिनियाँ राष्ट्रपति सीले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।