१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमेश्वरगढीमा मुख्यमन्त्री



अ+ अ-

चितवन । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन माडीस्थित सोमेश्वरगढी क्षेत्रको आज बिहान अवलोकन गर्नुभएको छ ।

सो क्षेत्रमा कुँदिएका मूर्ति र निर्माणाधीन गोलपार्कको उहाँले अवलोकन गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले नेपाल भारत सिमाना सोमेश्वरगढीस्थित रहेका स्तम्भ र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले माडी पर्यटकीय हब बन्ने बताउनुभयो । उहाँले सोमेश्वर क्षेत्रमा कुँदिएका मूर्तिले पर्यटकलाई आकर्षित गर्ने भन्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले माडीको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

“माडीमा निर्माण भइरहेका योजनाले विकासको गोरेटो कोरिएको छ, यसले दीर्घकालसम्म उत्तिकै महत्व राख्दछ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारका तर्फबाट माडीमै विशेष कार्यक्रम गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री पौडेलले जनाउनुभयो ।

यसैगरी उहाँले माडीमा शुरु गरिएको सामूहिक खेती, मदन बाटिका पार्क, तटबन्धन र माछापोखरीको समेत अवलोकन गर्नुभयो । सो क्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीमा निर्माण भइरहेका योजनाका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।