१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिठ्ठा पर्यो भन्दै १५ करोड ठगी गर्ने तिन जना पक्राउ



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको पाइएको महाशाखाले जनाएको छ। अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार उनीहरूले ठगी गरेको रकमको केही प्रतिशत कमिसनस्वरूप राखेर बाँकी रकम भारतमा पठाउने गरेको खुलेको छ। ‘अनुसन्धानअनुसार अहिलेसम्म १४ करोड ६९ लाख ९१ हजार रुपैयाँ कारोबार भएको देखिन्छ,’ महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले भने, ‘१५ देखि २० प्रतिशत रकम कमिसन राख्ने गरेको पाइएको छ।’

उनीहरूले ठगी गरेको उजुरी लिएर १५ जना पीडित प्रहरीको सम्पर्कमा आएको महाशाखाले जनाएको छ। चिठ्ठाबापत केही पैसा बुझाउनुपर्छ भन्दै उनीहरूले मानिसहरूलाई फकाउने र पैसा बुझेपछि बेपत्ता हुने गरेको पाइएको छ।

उनीहरूको सम्पर्क कृषि विकास बैंक लहान शाखाको पाँच करोड ठगीका मुख्य योजनाकार अफ्रिकन नागरिक पिटरसँग देखिएको कार्कीले बताए। ‘ठगी गरेको रकम पिटरलाई पठाउने गरेको देखिएको छ,’ उनले भने, ‘उनीहरू पिटरसँग मिलेर ठगी धन्दामा संलग्न रहेका छन्।’

कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार अफ्रिकन नागरिक पिटर हुन्। उनी मुम्बईमा रहेको प्रहरीले दाबी गरे पनि हालसम्म पत्ता लाग्न सकेको छैन।