काठमाडौं । सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा नभएको जनाएको छ । सार्वजनिक बिदाबारे समाचार सम्प्रेषण भएपछि गृह मन्त्रालयले बिदा नभएको जनाएको छ ।
मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएपनि गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिएका छन् ।
‘भोलि (बिहीबार) सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ शर्माले भने, ‘अहिले केही भन्न सकिन्न ।’