९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
अ अ+ अ-

इलाम। लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ ।

सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सन्दकपुरको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट विशेष प्राथमिकतामा राखेर योजना ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

“प्रदेशका सबै जिल्लाका विशेष पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने हाम्रो योजना छ”, मन्त्री पराजुलीले भन्नुभयो, “आगामी नीति तथा कार्यक्रममा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेछौँ ।”

वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो । “हामीले वार्षिक क्यालेण्डर नै बनाएर विगत तीन वर्षदेखि ‘रेडपाण्डा महोत्सव’ आयोजना गर्दै आएका छौँ, यसपटक पनि निरन्तरता दिएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कार्यक्रमले सन्दकपुरको मात्र होइन, समग्र जिल्लाको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौँ ।”

नेपाल र भारतका पर्यटन व्यवसायीको उपस्थितिमा यही चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् ।

सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागि विश्वका पर्यटक पुग्ने गरेका छन् । रेडपाण्डा हिमाली क्षेत्रमा विचरण गर्ने विश्वकै एक दुर्लभ स्तनधारी प्रजाति हो । यसलाई हाब्रे, रातो पाण्डा, पुँडे कुँदो उपनामले पनि चिनिन्छ । रेडपाण्डा भुटान, चीन, भारत, म्यानमार र नेपालमा मात्र पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ (१९७३) ले रेडपाण्डालाई नेपालको संरक्षित प्रजातिको रूपमा वर्गीकृत गरेको छ ।

बिरालोजस्तै देखिने हाब्रे रातो, सेतो, खैरो, कालो र खिया रङको हुन्छ । पुच्छर ठूलो र लामो हुन्छ । रेडपाण्डाको तौल नौ किलोसम्म हुने गर्दछ । समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार ८०० मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ ।

रेडपाण्डा नेपालको इलामसहित २५ जिल्लामा पाइन्छ । इलामको इलाम नगरपालिका–३ स्थित पाटेनागीसहित सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जमुना चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाई माथिल्लो सामुदायिक वनलगायतमा पाइने गरिएको छ । रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो, निगालोको टुसा, भालुचिण्डे, ऐँसेलु तथा जङ्गली फलफूल हुन् । माथिल्लो क्षेत्रमा मालिङ्गो र भालुचिण्डे पाइने भएकाले रेडपाण्डाको रोजाइमा त्यही क्षेत्र परेको छ ।

रेडपाण्डा संरक्षणका लागि सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा रेडपाण्डासम्बन्धी पठनपाठन नै सञ्चालन गरेको छ । रासस