१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा



अ+ अ-

लुम्बिनी। रुपन्देही प्रहरीले भैरहवास्थित नापी कार्यालयमा काम गराइदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल्ने दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।

जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीस्थित नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम छिटो गराइदिन्छु भनी बढी शुल्क लिई बिचौलियाको काम गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका बिचौलिया व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका उहाँले जानकारी दिनुभयो । रासस