९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै प्रतिष्ठान

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै प्रतिष्ठान
अ अ+ अ-

काठमाडौँ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि सारेको छ ।

सरकारको यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची तयार गरी सार्वजनिक गरेको थियो । सोही कार्यसूचीको (ञ) मा स्वास्थ्य, शिक्षा र मानव विकासअन्तर्गत बुँदा नं ८५ मा स्वास्थ्य क्षेत्रको सुधारका लागि गरिने कामको सूची तयार गरिएको छ ।

सोसम्बन्धमा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको उच्चस्तरीय बैठकले प्रतिष्ठानले प्रवाह गर्ने स्वास्थ्य क्षेत्रमा बृहत् परिवर्तन ल्याउन विभिन्न १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रतिष्ठानमा विगतदेखि सञ्चालनमा रहेको १० प्रतिशत निःशुल्क शय्या सेवालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीको अद्यावधिक विवरण ‘रियल टाइम लाइभ ड्यासबोर्ड’ मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिने निर्णय गरेको छ ।

त्यसैगरी प्रतिष्ठानका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको दैनिक हाजिरी गर्नका लागि बायोमेट्रिक हाजिरी प्रणाली विगतदेखि सञ्चालनमा रहेको जनाउँदै प्रतिष्ठानका उपकुलपति प्राडा श्रेष्ठले दैनिक ८ः३० बजेभन्दा ढिला आउने तथा ४ः४५ भन्दा छिटो जानेका लागि गयल हुने व्यवस्था यसअघि रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कुनै कारण ढिलो भएमा वा छिटो जानु परेमा सोको पर्याप्त कारण खुलाइ निवेदन दिनुपर्ने व्यवस्था यसअघि पनि रहेकामा आगामी दिनमा थप कडाइ र प्रविधिमैत्री बनाउने गर्ने निर्णय भएको छ ।

उक्त व्यवस्थालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको उपस्थिति सुपरीवेक्षण एवं सुनिश्चित गर्न यही चैत १८ गते प्राडा स्मृति कार्कीको संयोजकत्वमा मूल्याङ्कन कमिटी गठन गर्ने निर्णय पनि भइसकेको प्रतिष्ठानले जनाएको छ ।

विगतदेखि जलन उपचार सेवा प्रदान हुँदै आइरहेकाले आगामी दिनमा जलनका बिरामीको उपचारलाई अझ पहुँचयोग्य र सहुलियतपूर्ण बनाउन, जलनका बिरामीलाई प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा तथा शय्या निःशुल्क गर्ने व्यवस्था लागू गर्ने तथा जलन उपचार सेवाको प्रभावकारी सुदृढीकरणका लागि बर्न विशेषज्ञ जनशक्ति उपलब्ध हुने सम्बन्धमा मन्त्रालयसँग माग गर्ने निर्णय आजको बैठकले गरेको प्रतिष्ठानका उपकुलपति प्राडा श्रेष्ठले जानकारी दिनुभयो । रासस