काठमाडौं । ४० हजार घुससहित नेपाल प्रहरीका इन्सपेक्टर जयनेपाल थापा पक्राउ परेका छन् । थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पाटनबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखामा कार्यरत थापा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अवधिभर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटिएका थापाले वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।