१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताउनुभएको छ ।

आज यहाँ आयोजित ६९औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहकारीले समाजमा रहेका दुःखी, गरिबको साहरा बनेर काम गरेको र अझै गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी बलियो बन्यो भनेमात्र देशको अर्थतन्त्र बलियो बन्दै दुःखी गरिबको साहारा बन्ने छ ।”

जिल्ला सहकारी सङ्घले आयोजना गरेको सो कार्यक्रममा उहाँले आगामी दिनमा सहकारीलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालमा पहिलोपटक सहकारी स्थापना गरी देशको समृद्धिको यात्रा सुरु गरेको चितवनले अझै यसलाई बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारी बलियो भयो भनेमात्र देशको समृद्धि हुने बताउनुभयो ।

समाजको विकासका लागि सहकारी आवश्यक छ । चितवनलाई सहकारीको उद्गम थलोका रूपमा विकास गर्दै अझै सशक्त बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले समाजको आर्थिक मेरुदण्डका रूपमा सहकारी अघि बढेको बताउनुभयो । बखानसिंह गुरुङको सोच अहिले देशभरि फैलिएको भन्दै यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारी सङ्घ चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्थाहरू कमजोर बन्न नदिनका लागि तीनै तहका सरकारहरू एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो । चितवनलाई सहकारीको जननिका रूपमा लिइँदै आइएको छ । कार्यक्रमअघि दिवसका अवसरमा प्रभातफेरी पनि गरिएको थियो ।