६ श्रावण २०८३, बुधबार
,
Latest
सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन



अ+ अ-

काठमाडाैँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै विभागले औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा रहेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा पसलका हकमा तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने जनाएको छ ।

नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढ्ने विभागले स्पष्ट पारेको छ । साथै, पहिले नै सञ्चालनमा रहेका पसलहरूले क्रमशः सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार संहिताको पालना नगरेमा औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।