१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने



अ+ अ-

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म डेज” को औपचारिक रुपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोह शुक्रबार बिहान कमलपोखरीस्थित रसियन हाउसमा नेपालका लागि रुसका कार्यवाहक तथा मन्त्री काउन्सिलर, रिन्चेन राक्षेभ र नेपाल ललितकला प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेको उपस्थितिमा आयोजना गरिएको थियो।

काउन्सिलर रिन्चेनले सिनेमाले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै चलचित्रकर्मीबीच सद्भाव कायम गर्नुको महत्वबारे जोड दिए । उनले “रूसी फिल्म डेज” ले यस लक्ष्यतर्फ निरन्तर काम गरिरहेको उल्लेख गरे। उनले न निफको नवौं संस्करणको उद्घाटनको क्रममा नेपालको पहिलो रंगीन फिल्म “कुमारी” का निर्देशक, अभिनेत्री र छायांकनकारलाई भेट्दाको आफ्नो अनुभव समेत सुनाए ।

देवेन्द्र कुमार काफ्लेले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको सन्दर्भमा निफ र रुसी फिल्म डेज बीचको सहकार्यले विशेष महत्व राखेको बताए। उनले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे।

रसियन हाउसकी निर्देशक तथा काउन्सिलर अनास्तासिया खाख्खलोभाले निफसँगको सहकार्यमा रुसी हाउसमा आयोजना भइरहेको चलचित्र महोत्सव र एआई फिल्म कार्यशालामा भाग लिन सबैलाई आमन्त्रित गरिन् ।

निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्यमा यो सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा दोस्रो विश्वयुद्धको अन्तिम चरणका घटनाहरूमा आधारित ऐतिहासिक थ्रिलर फिल्म “अगस्ट” को प्रदर्शन गरिएको थियो। फिल्मले अगाडि बढिरहेको रेड आर्मीमाथि सम्भावित पछाडिको आक्रमण रोक्न सोभियत प्रति-गुप्तचर एजेन्सीको प्रयासलाई चित्रण गर्दछ। यो इल्या लेबेदेव र निकिता भिसोत्स्कीद्वारा सह-निर्देशित छ।

रूसी फिल्म डेज अन्तर्गत प्रदर्शन गरिने अन्य चलचित्रहरूमा “द च्यालेन्ज”, “द डिनो फेमिली” र “अल रॉङ गर्ल” समावेश छन्।

क्लिम शिपेन्कोद्वारा निर्देशित, “द च्यालेन्ज” अन्तरिक्षमा छायांकन गरिएको पहिलो चलचित्र हो, जसले शून्य गुरुत्वाकर्षण अवस्थामा अन्तरिक्ष स्टेशनमा जीवन बचाउने शल्यक्रिया गर्ने डाक्टरको कथाबारे भनिएको छ।

मक्सिम भोल्कोभद्वारा निर्देशित “द डिनो फेमिली”, एक किशोरी केटीको बारेमा एक साहसिक पारिवारिक चलचित्र हो जसले गल्तिले डायनासोर युगमा यात्रा गर्छिन् र बाँच्नको लागि संघर्ष गर्छिन्।

इभानोभा एलेक्जान्ड्राद्वारा निर्देशित “अल रॉङ गर्ल” ले स्कूलका विद्यार्थीहरूमाझ हुने धम्कीलाई सम्बोधन गर्दछ। सबै चलचित्रहरू रूसी हाउसमा नि:शुल्क प्रदर्शन गरिनेछ।