६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग



अ+ अ-

काठमाडाैँ । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले महत्व बुझेर राष्ट्रिय विदा दिन माग गरेका छन्  ।

अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दु श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताए ।

अध्यक्ष दासले सरकारले दशैँ, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्दै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राखे । संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै छिटो निर्णय लिन आग्रह गरेको छ ।