९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै



अ+ अ-

काठमाडाैँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ ।

ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन्”, उनले भने । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ ।

प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।