९ असार २०८३, मंगलवार
,
Latest
मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र लाखसहित बाबुछोरा पक्राउ



अ+ अ-

बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शङ्का लागेपछि आज प्रहरी पिछा गरेका थियौँ । सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौँ ।”

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताउनुभयो । यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उहाँले जानकारी दिनुभयो । नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।